नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सिंहदरबारमा पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेको छ।
मंगलबार साँझ नेविसंघका कार्यवाहक सभापति नविन पौडेलले प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीलाई रिहा गर्न माग गरेको हो। विद्यार्थीलाई तत्काल रिहा नगरे आन्दोलनमा उत्रिने नेविसंघले चेतावनी दिएको छ।
गृहमन्त्री सुधन गुरुङको राजीनामा, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र महंगी नियन्त्रण गर्न माग गर्दै विद्यार्थीले सिंहदरबारमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिका नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट, कुम्मराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल बीसीलाई प्रहरीले पक्राउ गरेको थियो।
96
Shares

प्रतिक्रिया