सरकारले निजामति कर्मचारी सेवा निवृत्त भएको दुई वर्षसम्म कुनै संवैधानिक र राजनीतिक पदमा बस्न बन्देज लगाउने भएको छ।
सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ल्याएको विधेयकको मस्यौदामा कुलिङ पिरियडको व्यवस्था राखिएको छ।
‘राजपत्राङ्कित प्रथम श्रेणी र विशिष्ट श्रेणीको कर्मचारी सेवा निवृत्त भएको दुईवर्षसम्म कुनै राजनीतिक वा संवैधानिक पदमा नियुक्त हुन बन्देज,’ ४० नम्बर बुँदामा भनिएको छ।
४८ बुँदामा रहेको नयाँ व्यवस्था सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१ को दफा ६ को उपदफा २ को प्रयोजनको लागि प्रकाशन गरिएको छ।
उक्त मस्यौदा उपर सूचना प्रकाशन भएको मितिले सात ७ दिनभित्र तपशिलमा उल्लिखित लिङ्कमा राय सुझाव उपलब्ध गराइदिनुहुन मन्त्री रावलले अनुरोध गरेकी छन्।
Shares

प्रतिक्रिया