राजनीति


विस्थापित सुकुमवासीका लागि 'ज्ञ' क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू: एमाले महासचिव

विस्थापित सुकुमवासीका लागि 'ज्ञ' क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू: एमाले महासचिव

प्रधानमन्त्री बालेन र एमाले महासचिव शंकर पोखरेल


नेपालखबर
बैशाख १९, २०८३ शनिबार ११:३, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई विस्थापित सुकुमवासीका लागि 'ज्ञ' क्रान्तिको खाका ल्याउन माग गरेका छन्। 

शुक्रबार बुद्ध जयन्तीका दिन प्रधानमन्त्री बालेनले साँचो क्रान्ति ‘क’बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ भनेर फेसबुकमा स्टाटस लेखेका थिए।

यहीबिच उनकै निर्देशनमा सुकुमवासी बस्तीहरूमा डोजर चलाइएको छ। 

यसै सन्दर्भमा एमाले महासचिव पोखरेलले प्रधानमन्त्री बालेनविरुद्ध कटाक्ष गरेका हुन्। 

‘विस्थापित सुकुमवासीका लागि 'ज्ञ' क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू’, पोखरेलले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ? प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुम्बासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र? मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बनोस्।’ 

यस्तो छ शंकर पोखरेलको पूरा स्टाटस

विस्थापित सुकुमवासीका लागि 'ज्ञ' क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू!

२०७५ सालमा बारा–पर्सामा आएको भीषण आँधीले २८ भन्दा बढी नागरिकको ज्यान लियो, ११५० भन्दा बढी घाइते भए, झन्डै २५०० घरमा क्षति पुग्यो र हजारौँ मानिस घरवारविहीन बने। त्यो बेला सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावित नागरिकलाई पुनःस्थापित गरेको थियो। यो राज्यको जिम्मेवारीप्रति देखिएको सकारात्मक उदाहरण थियो।

तर आज अवस्था फरक देखिन्छ। सरकारले आफैँ सुकुवासी बस्तीमा डोजर चलाएर हजारौँलाई घरवारविहीन बनाएको छ। बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित छ। अस्थायी सेल्टरहरूको दयनीय अवस्था त्यहाँ पुग्नेहरूलाई फोटो खिच्नसमेत रोक लगाइएको तथ्यले स्पष्ट पार्छ।

‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ’ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ? प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुमवासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र? मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बनोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad