समाज


तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

नेपालखबर
बैशाख १९, २०८३ शनिबार ११:५१, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिए। 

‘अहिले हामी अनियमित भएका शैक्षिक पात्रो सुर्धान महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेका छौँ,’ उनले भने, ‘२०५३ सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्नेगरी परीक्षा भइरहेका छन्।’

वैशाख महिनामात्रै चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन्। स्नातक तहतर्फ बीएएलएलबीको दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष, विटेक पहिलो र दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेका छन्।

परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएका २०८३ अन्तर्गतका परीक्षा सञ्चालन गरिने बताए। 

उनका अनुसार जेठ महिनामा तीनवर्षे स्नातक तहको पहिलो वर्ष र चारवर्षे स्नातक तहतर्फ पहिलो वर्ष, बीएएलएलबी तेस्रो वर्ष, विटेक तेस्रो वर्षको परीक्षा कार्यतालिका सार्वजनिक गरिसकिएको छ।

यस्तै असार महिनामा स्नातक तहको सबै संकायको चौथो वर्षको नियमित परीक्षा तोकिएको छ।

‘असारसम्म हामीले कोरोना भाइरस र जेनजी आन्दोलनदेखि नियमित हुन नसकेका परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि त्रिविकै शैक्षिक पात्रोअनुसार नियमित परीक्षा गर्ने छौँ,’ उनले भने।

अहिले सञ्चालन भइरहेका ती परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी भएका छन्। सय दिनमा परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयले सय दिनमा नै परीक्षाफल प्रकाशन गर्ने गरेको छ।

परीक्षा सम्पन्न भएको सय दिनमा परीक्षाफल प्रकाशन गर्न थालिएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad