नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ।
सोमबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टीका विभिन्न एजेन्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ।
कांग्रेसको असन्तुष्ट पक्षले पार्टीलाई फुटसम्म लैजाने तयारीसहितका गतिविधि अगाडि बढाइरहँदा कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो।
कांग्रेसको क्रियाशील र जरा अभियान असफल पार्न इतर समूहले तोक्यो प्रदेश कमान्डर
57
Shares

प्रतिक्रिया