राजनीति


गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता

गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १३:३४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। 

बुधबार बिहान खड्का निवास गल्फुटारमा उनीहरूबीच भेटवार्ता भएको हो। कांग्रेस एकतालगायतका विषयमा छलफल भएको जनाइएको छ। 

सर्वोच्च अदालतबाट वैशाख ४ मा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपण भएपछि सभापति थापाले वैशाख ६ गते खड्कालाई भेटेका थिए। यस्तै वैशाख १५ मा सभापति थापा र नेता रमेश लेखकबीच भेटवार्ता भएको थियो। 

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसका नेता तथा कार्यकर्ता विभाजित छन्। सभापति थापाले विशेष महाधिवेशनको विपक्षमा उभिएका नेतालाई समेटेर लैजान संवाद अगाडि बढाएको जनाएका छन्। 

मंगलबार सभापति थापाले नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका थिए। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा उनीहरूबीच पार्टी एकता कायम राख्ने विषयमा एक घण्टा छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad