रास्वपाको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असारमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ।
बुधबार बिहान काठमाडौँको बनस्थलीस्थि पार्टी केन्द्रीय कार्यालय बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले प्रथम महाधिवेशनको मिति तय गरेको हो।
महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपा बैठकमा महाधिवेशनसहितका विविध एजेण्डामा छलफल भएको छ।
यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो।


54
Shares

प्रतिक्रिया