राजनीति


विपक्षीले प्रधानमन्त्री खोज्दा स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै

विपक्षीले प्रधानमन्त्री खोज्दा स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार ६:१, काठमाडौँ

विपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दै छ। 

प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए। 

स्थगन गर्दै पटकपटक बैठक राखिए पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेगरी बोलाइएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad