राजनीति


मुलुक निर्वाचित अधिनायकतिर अगाडि बढ्न खोजेको छ: प्रदीप ज्ञवाली

मुलुक निर्वाचित अधिनायकतिर अगाडि बढ्न खोजेको छ: प्रदीप ज्ञवाली

नेपालखबर
जेठ ३, २०८३ आइतबार १५:३३, काठमाडौँ

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकत्वतिर अगाडि बढ्न खोजेको टिप्पणी गरेका छन्।

३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको पनि बताए।

ज्ञवालीले सरकार बनेको करिव ५० दिन नपुग्दै लोकतान्त्रिक मूल्य र संस्थाहरूमाथि गम्भीर प्रश्न उठाएको पनि बताए।

ट्रेड युनियन तथा स्ववियु खारेज गर्ने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास र सुकुम्बासीहरुमाथिको डोजर आतंकले मुलुक निर्वाचित अधिनायकतिर अघि बढिरहेको टिप्पणी गरे। उनले सरकारले संसद, राष्ट्रपति एवं संवैधानिक आयोगहरुको अवमूल्यन गरिरहेको आरोप पनि लगाए। 

नेता ज्ञवालीले भने, ‘ट्रेड युनियन खारेज गर्ने प्रयत्न, स्ववियु खारेज गर्न खोज्ने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास, सुकुम्बासीहरूमाथि डोजर आतंक, श्रमजीवी वर्गहरूलाई दिइएका सामाजिक सुरक्षाका विषयहरुलाई क्रमशः कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्थाहरु संसद, राष्ट्रपति, न्यायालय जस्ता संस्थाहरुको अवमूल्यनमार्फत मोटामोटी दृश्य कस्तो देखिन्छ भने एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको जस्तो देखिन्छ।’

उनले संसदमा एमालेको उपस्थिति तुलनात्मक रूपमा कमजोर भएपनि जनता, मिडियाकर्मी र सामाजिक संघसंस्थाले संविधानको रक्षा र सामाजिक न्यायसहितको बाटोमा मुलुकलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad