राजनीति


ओलीविरुद्धको षडयन्त्र दासढुंगा हत्याकाण्डकै निरन्तरता हो: बादल

ओलीविरुद्धको षडयन्त्र दासढुंगा हत्याकाण्डकै निरन्तरता हो: बादल

नेपालखबर
जेठ ३, २०८३ आइतबार १६:१३, काठमाडौँ

नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिंगो पार्टी पंक्तिको काँधमा आएको बताएका छन्। 

आइतबार मदन आश्रित स्मृति सभाको अवर पारेर काठमाडौंको बल्खुस्थित मदन नगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले र एमालेको नेतृत्व ओलीलाई समाप्त पार्ने षड्यन्त्र देशीविदेशी शक्तिहरूले गरिरहेकाले ती दुवैको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा आएको बताएका हुन्।

उपाध्यक्ष थापाले जेन–जी आन्दोलन, निर्वाचन, सरकार, सरकारका निर्णय, पार्टी अध्यक्ष ओलीमाथि भईरहेका षडयन्त्रहरुलाई हेर्दा ती सबै घटनाक्रमहरू दासढुंगा हत्याकाण्डनै निरन्तरताको रुपमा रहेको दाबी समेत गरे। 

उनले भने,‘अहिले सरकारले ल्याएको अध्यादेश हेर्नुस, मन्त्रिपरिषद्ले गरेको निर्णयहरु हेर्नुस्। हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुस्। उहाँमाथि लगाईका मुद्दाहरुको प्रकृतिलाई हेर्नुस्। यी सबै घटनाहरु के हुन्? यी सबै घटनाहरू दासढुंगा घटनाकै निरन्रता हुन्। त्यसैको एउटा श्रृंखलाको रुपमा हामीले बुझ्नुपर्दछ। त्यसैले आज नेकपा एमालेको पछाडि एउटा गम्भिर कार्यभारहरु उपस्थित भएको छ।’

उपाध्यक्ष थापाले एमाले र नेतृत्वमाथि जुन निरन्तर आक्रमण भइरहेकाले त्यसको विरुद्ध सचेत भएर लाग्नुपर्ने बेला आएको पनि बताए।

उनले थपे, ‘यी सबै घटनाक्रमहरू दासढुंगादेखि यहाँसम्मका घटनाक्रमहरुरूले हामीलाई के संकेत गरेको छ भने नेकपा एमालेको रक्षाको निम्ति देशीविदेशी शक्तिहरुले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान उनीहरुले संचालन गरेका छन्। नेकपा एमाले र त्यसको नेतृत्वलाई रक्षा गर्ने एउटा गम्भीर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad