राजनीति


प्रधानमन्त्री बालेनको अभिव्यक्ति खतरनाक : पूर्वप्रधानमन्त्री खनाल

प्रधानमन्त्री बालेनको अभिव्यक्ति खतरनाक : पूर्वप्रधानमन्त्री खनाल

फाइल फोटो


नेपालखबर
जेठ १८, २०८३ सोमबार ९:१६, काठमाडौँ

नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भनेर दिएको अभिव्यक्ति राष्ट्र विरोधी भएको भन्दै बिरोध गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा खनालले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई ‘खतरनाक’ भन्दै बिरोध गरेका छन्। उनले शाहलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने पनि बताएका छन्। 

‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे। यो अत्यन्त गम्भीर, दुस्खद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो,’ खनालले भनेका छन्,  ‘हामी नेपाली जनता युगौँदेखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छौं र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ । त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य हो,’ खनालले लेखेका छन्, ‘उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो?’

प्रधानमन्त्री बालेनको अभिव्यक्तिले देशभित्र र बाहिर रहेका ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको भन्दै खनालले राष्ट्र विरोधी अभिव्यक्ति दिने व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने पनि बताएका छन्। 

‘यस सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र साहले माफी नमागेसम्म विरोध र भर्त्सना गर्न म सम्पूर्ण देशभक्त जनता र शक्तिहरुलाई जोडदार आग्रह गर्दछु,’ खनालले भनेका छन्, ‘प्रधानमन्त्रीका यी राष्ट्रघाती अभिव्यक्तिलाई संसदको रेकर्डबाट तत्काल हटाउन पनि म सम्माननीय सभामुख समक्ष आग्रह गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad