अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गर्न लागेपछि उत्तर कोरियाले आफूले फेरि क्षेप्यास्त्र परीक्षण गर्ने चेतावनी दिएको सीएनएनले जनाएको छ।
दक्षिणसँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने अमेरिकी कार्य आफूसँग गरेको क्षेप्यास्त्र निशस्त्रीकरण सम्झौताको मर्म विपरित रहेको उत्तर कोरियाको ठहर रहेको छ।
उत्तर कोरियाको विदेशमन्त्रालयले मंगलबार भनेको छ,‘संयुक्त सैन्य अभ्यास युद्धको पूर्व तयारी हो।’
सन् २०१८ मा सिंगापुरमा भएको शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच उत्तरले क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने सम्झौता गरेका थिए।
उत्तर र अमेरिकाबीच त्यसबेला आपसी समझदारी भएको थियो। अमेरिका र दक्षिण कारियाको संयुक्त सैन्य अभ्यास समझदारी विपरित भएको उत्तरले बताएको छ।
मंगलबार मात्र अमेरिकी रक्षमन्त्रालय पेन्टागनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास हुने घोषणा गरेको थियो।

प्रतिक्रिया