राजनीति


गगन थापासहित केही कांग्रेस नेतामा कोरोना संक्रमण, संख्याबारे अन्यौल

गगन थापासहित केही कांग्रेस नेतामा कोरोना संक्रमण, संख्याबारे अन्यौल

नेपालखबर
असोज १७, २०७७ शनिबार १६:२०,

गगन थापा, अर्जुननरसिंह केसी लगायत नेपाली कांग्रेसका केहि नेताहरुलाई कोरोना संक्रमण भएको छ।

थापा र केसी दुवैले आफूहरुलाई संक्रमण देखिएको हुँदा आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन अनुरोध गरेका छन्। 

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठक बस्नका लागि त्यसअघि सबैको पीसीआर परीक्षण गर्दा केहि नेताहरुमा संक्रमण देखिएको हो।

पार्टीका नेताहरुले ठ्याक्कै कतिजनामा संक्रमण देखिएको भन्ने निक्र्यौल गर्न गार्‍हो भएको बताए।

‘केहि नेताहरुलाई देखिएको कुरा आएको छ, तर राम्राेसँग पुष्टि नभएकाेले यसै भन्न अलि हतार हाेला,’ एक नेताले भने, ‘सबैको व्यक्तिगत र गोप्यरुपमा जानकारी आउने हुँदा नम्बर अहिले अन्यौल नै छ।’

कांग्रेसले पार्टीभित्र देखिएका समस्या र महाधिवेशनको बारेमा छलफल गर्न असोज १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। सो बैठकमा भाग लिन पिसिआर परीक्षण गरी कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्ने बताएपछि सबैको जाँच गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad