इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि चेल्सीले ४–० को सहज जित हात पारेको छ।
शनिबार राति भएको खेलमा चेल्सीको जितमा जर्गिन्होले दुई तथा बेन चिलवेल र कर्ट जोउमाले समान एक एक गोल गरे।
पहिलो हाफमा कुनै गोल नभएपछि यसै सिजनमा अनुबन्ध भएका चिलवेलले ५०औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
यस्तै ६६औं मिनेटमा जोउमाले चेल्सीको अग्रता दोब्बर पार्द चिलवेलले नै पास उपलब्ध गराए।
त्यसपछि जर्गिन्होले ७८औं र ८२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई सहज जित दिलाए।

प्रतिक्रिया