राजनीति


सीमा विवादबीच भारतीय सेनाले चिनियाँ सेना नियन्त्रणमा लिए

सीमा विवादबीच भारतीय सेनाले चिनियाँ सेना नियन्त्रणमा लिए

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ९:४६,

सोमबार भारतीय सेनाले चिनियाँ सेना नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारत र चीनबीच सीमा विवाद जारी रहेको समयमा भारतीय सेनाले चीनका एक सेनालाई आफ्नो भूमिमा नियन्त्रणमा लिएको हो।

भारतीय सेनाका अनुसार ती सेना अन्जानमा भारतीय भूमिमा प्रवेश गरेको हुनसक्छन्।

सेनाको नियमअनुसार उनलाई चीनको जिम्मा लगाइने उल्लेख गरिएको छ।

गत जुन १५ यता भारत चीनको सीमा अवस्था तनावपूर्ण तवरबाट गुज्रिरहेको छ।

लद्दाख नजिकैको गलवान उपत्यकाको स्वामित्वको विषयमा भारत र चीनका सेनाबीच झडप नै भएको थियो।

उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। चिनियाँ पक्षले आफ्नो सेनामा भएको हताहतीबारे कुनै जानकारी दिएको थिएन।

अलिहेपनि त्यस क्षेत्रमा तनाव साम्य बनाउने छलफल चलिरहेको छ। यद्यपी निष्कर्ष भने निस्किएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad