राजनीति


‘दुर्याेधनले द्रौपदीको चीरहरण गरिरहँदा भीष्म मौन बसेझैं बस्ने कि ओलीविरुद्ध महाभियोग लगाउने हो?’

‘दुर्याेधनले द्रौपदीको चीरहरण गरिरहँदा भीष्म मौन बसेझैं बस्ने कि ओलीविरुद्ध महाभियोग लगाउने हो?’

नेपालखबर
पुस १, २०७७ बुधबार ०:१९,

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध महाभियोग लगाउनुपर्ने बताएका छन्।

संवैधानिक परिषद्सम्बन्धी अध्ययादेश ल्याएर प्रधानमन्त्री ओलीले महाभारतका दुर्योधनले द्रौपदीको चीरहरण गरेझैं संविधान र लोकतन्त्रको हुर्मत लिएको डा. भट्टराईको आरोप छ।

अब गनगन गरेर मात्रै बस्ने कि ओलीका थप हर्कत रोक्न बेलैमा संसद् अविधेशन र महाभियोगतर्फ लाग्ने भनेर सत्ताभित्रका तथा विपक्षी दलका नेताहरूलाई पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रश्न गरेका छन्।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहँदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू बैठक/वक्तव्यवाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो?’

याे पनि :  यस्तो छ अध्यादेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad