जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुरामम भट्टराईले हरेक आन्दोलनमा दुई धार हुने बताएका छन्।
जुनसुकै आन्दोलनमा आत्मसमर्पणवादी र संघर्षशील २ धार हुने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत तपाईं कता भनेर प्रश्न गरेका हुन्।
‘जुनसुकै आन्दोलनमा आत्मसमर्पणवादी र संघर्षशील दुई धार हुन्छन्। महेन्द्रको कूपछि बीपी-पीएल र तुलसी गिरी-केशरजंग धार ! ज्ञानेन्द्रको कूपछि ‘प्रतिगमन आधा सच्चिएको’/‘गोरखाली राजाले न्याय गरेको’ धार र जनयुद्ध/जनआन्दोलनको धार ! अहिले ओलीको कूपछि अदालत पर्खने र सडकमा उत्रने धार, ट्विटरमार्फत डा. भट्टराईले प्रश्न गरेका छन्, तपाईं कता?
3
Shares

प्रतिक्रिया