राजनीति


ओलीको असंवैधानिक कदमविरुद्ध आज दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

ओलीको असंवैधानिक कदमविरुद्ध आज दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

नेपालखबर
पुस १८, २०७७ शनिबार २:११,

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड-नेपाल समूह) ले आज (शनिबार) दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैै छ।

यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड-नेपाल पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने बताएकाे छ।

संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड-नेपाल समूह एक्लैले आज प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने भएको हो।

त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि नै गठित संघर्ष समितिको बैठक बसी दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी छ।

यस विषयमा छलफल गर्न समितिकाे बैठक अहिले बिहान ११ बजे बस्ने तयारी भइरहेकाे एक नेताले जानकारी दिएका छन्।

‘बिहान ११ बजे संघर्ष समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा हुँदै छ’, ती नेताले नेपालखबरसँग भने, ‘पहिलो चरणको कार्यक्रमको प्रभावकारिता भएपछि दोस्रो चरणको संघर्षको कार्यक्रम तय गर्न लागेका हाै‌ँ।’

दाेस्राे चरणका कार्यक्रम वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी नेकपा प्रचण्ड-नेपाल समूहले गरेको छ।

प्रधानमन्त्री ओलीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव (वैशाख १७ र २७) घोषणा गरेपछि सत्तारूढ नेकपा औपचारिक रूपमै अलग भएका छन्।

ओली समूह आफ्नो असंवैधानिक कदमको प्रतिरक्षामा लागेको छ भने प्रचण्ड-नेपाल पक्ष त्यो कदम सच्याएरै छाड्ने अडानका साथ आन्दोलनरत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad