राजनीति


डा. भट्टराईले भने : ओलीको प्रतिगमन मत्थर गर्न देशी–विदेशी शक्ति केन्द्रले ‘महान् राष्ट्रवादी’ पगरी गुथाए

डा. भट्टराईले भने : ओलीको प्रतिगमन मत्थर गर्न देशी–विदेशी शक्ति केन्द्रले ‘महान् राष्ट्रवादी’ पगरी गुथाए

नेपालखबर
पुस २८, २०७७ मंगलबार ५:१४,

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न देशी विदेशी शक्ति केन्द्रहरुले महान् राष्ट्रवादी भन्ने खालका ‘पगरी’ गुथाएर देशलाई परनिर्भरतामा फसाउने षड्यन्त्र भएको बताएका छन्।

आइतबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले देशी विदेशी शक्ति केन्द्रबाट २०१७ सालपछि तत्कालीन राजा महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने भनी प्रायोजित पगरी गुथाउने तयारी भइरहेको भन्दै सचेत रहन आग्रह गरेका हुन्।

उनले ओलीलाई प्रायोजित राष्ट्रवादी बनाएर देशलाई निरंकुशता, अल्पविकास र परनिर्भरतामा फसाउने षड्यन्त्र भएको बताएका छन्।

‘ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्री/बाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निरंकुशता र अल्पविकास/परनिर्भरतामा फसाइनेछ! चेतना भया!’, भट्टराईले भनेका छन्।

प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तर्वार्तामा लिएर उनको राष्ट्रवादको चर्चा भइरहेका बेला डा. भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री ओलीले यही पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेपछि डा. भट्टराईले ओलीको कदमको चर्को आलोचना गर्दै आएका छन्।

प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगमनकारी भएको भन्दै नेकपा, कांग्रेस जसपा लगायतका दलहरुले सडक संघर्ष गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad