राजनीति


ओलीको अकर्मण्यताबाट मुक्तिका लागि पनि चुनाव : कमल थापा

ओलीको अकर्मण्यताबाट मुक्तिका लागि पनि चुनाव : कमल थापा

नेपालखबर
माघ १७, २०७७ शनिबार ४:६,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असफलता/अकर्मण्यता’बाट मुक्तिका लागि पनि ताजा जनादेशमा जानु उपयुक्त हुने दाबी गरेका छन्।

नयाँ चुनावको समर्थन गर्नु प्रधानमन्त्री ओली वा सरकारको समर्थन गर्नु नभएको जिकिर गर्दै अध्यक्ष थापाले ‘यो संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य/मान्यताप्रतिको विश्वसाको अभिव्यक्ति हो’ भनेका छन्।

शनिबार बिहान जारी गरेको वक्तव्यमा उनले अगाडि भनेका छन्, ‘नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान/प्रजातन्त्रसम्मत छैन।’

यस्तो छ उनको वक्तव्यकाे पूर्ठपाठ

नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान/प्रजातन्त्रसम्मत छैन। नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन। संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य/मान्यताप्रतिको विश्वासको अभिव्यक्ति हो। केपी ओलीको असफलतारअकर्मण्यताबाट मुक्तिका लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ।

बहुमत प्राप्त प्रमले प्रतिनिधिसभा विघटन गर्नेबारे संविधानमा अस्पष्टता छ, त्यसको निराकरण सर्वोच्च अदालतले गर्छ। यसमा व्याख्याको जरुरी छ। संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वाभाविक हो। संविधानको आशय स्थिरता हो। विघटनले होइन, पुनःस्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ।

विगतको अनुभव दृष्टिगत गर्दै संविधानले स्थिरतालाई जोडदिएको हो। चुनावमा पूर्ण बहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको शृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन। बहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो।

निहीत स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जनागर्ने कार्यले बरु संविधान र प्रजातन्त्रलाई कमजोर बनाउँछ। सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्न ढिलो हुँदा राजनीतिक दलरनेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad