राजनीति


प्रदेश २ का नवनियुक्त प्रमुख झाद्वारा पदभार ग्रहण, राज्यमन्त्रीले गरे स्वागत

प्रदेश २ का नवनियुक्त प्रमुख झाद्वारा पदभार ग्रहण, राज्यमन्त्रीले गरे स्वागत

शैलेन्द्र महतो
फागुन ९, २०७७ आइतबार १३:४४,

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई पदमुक्त गरी रौतहटका झालाई नियुक्त गरेकी थिइन्।

शुक्रबार साँझ नै शीतल निवासमा पद दथा गोपनियताका सपथ लिएका नवनियुक्त प्रदेश प्रमुख झा आइतबार जनकपुर आएर पदभार ग्रहण गरेका हुन्। जनकपुर विमानस्थलमा उनलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले स्वागत गरेका छन्।

यसअघि तिलक परियार प्रदेश प्रमुख भएर आउँदा उनलाई जनकपुर विमानस्थलमा प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित नेकपा नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए।

तर तिलक परियारलाई हटाएर झालाई प्रदेश प्रमुख बनाएपछि रुष्ट बनेको प्रदेश सरकारले राज्यमन्त्री कुशवाहालाई मात्र स्वागतको जिम्मा दिएका थिए। राज्यमन्त्री कुशवाहा लगायत नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताकार्यकर्ताले झालाई स्वागत गरेका हुन्।

उनलाई ओली समर्थित नेता कार्यकर्ताले ५१ किलोको माला लगाएर भव्य स्वागत गरेका थिए। प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्न पुग्दा उनलाई कार्यालयका कर्मचारीहरुले स्वागत गरेका छन्।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले विविधतालाई अवसरको रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश नं.२ लाई उदाहरणीय बनाउने काममा बल पुर्याउने प्रतिवद्धता गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .