प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालमाथि कडा प्रश्न गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित केन्द्रीय सदस्यहरुको चियापान समारोहलाई सम्बोधन गर्दै पार्टीको चियापानमा नआएको भन्दै नेपालमा कसकोमा पाए जानुहुन्छ भनेर प्रश्न गरेका हुन्।
‘एकथरी अनुहारका साथीहरु आजको चियापानमा देखिनु भएन, पार्टीको चियापानमा नजाने भनेर हिजो बेलुका बैठक नै बसेर निर्णय गर्नुभयो रे’, ओलीले भने, ‘कसका चियापानमा पाए जानुहुन्छ? पार्टी अध्यक्षको, प्रधानमन्त्रीको निमन्त्रणमा नजाने, कसको निम्ता पाए जानुहुन्छ। हुन त सबैलाइ थाहा छ तर नभनौँ।
उनले नेपाल समूह नआउनु पार्टीको लागि राम्रो लक्षण नभएको बताए।

प्रतिक्रिया