राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल सनातन धर्म संस्कृति संगठनको प्रथम केन्द्रीय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ।
महाधिवेशनले योगी पुष्पराज पुरुषलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। पुरुष यसअघि पनि सो संगठनका अध्यक्ष रहिसकेका छन्। देशभरका ६७ जिल्लाबाट प्रतिनिधित्व रहेको महाधिवेशनमा ४३२ जनाको प्रतिनिधित्व रहेको थियो।
महाधिवेशनले काठमाडौंका खिलनाथ काफ्ले र सुजन अधिकारीलाई उपाध्यक्ष, भक्तपुरका दिपक महाराज आत्रेयलाई महासचिव पदमा चयन गरेको छ।
यसैगरी बर्दियाका गिरीराज पुरुष सदस्य सचिव, नवलपुरकी सिता बस्याल कोषाध्यक्ष, काठमाडौंका केशव वशिष्ठवंशी प्रवक्ता, कैलालीका उपेन्द्र विक्रम पुरुष, सचिवालय संयोजक पनि निर्विरोध चयन भएका छन्।

प्रतिक्रिया