राजनीति


एकअर्काबीच तीव्र संघर्ष भइरहेकै बेला ओली र नेपालबीच नै भेटवार्ता

एकअर्काबीच तीव्र संघर्ष भइरहेकै बेला ओली र नेपालबीच नै भेटवार्ता

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १२:१८,

नेकपा–एमालेका अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपालबीच तीव्र संघर्ष चलिरहेका बेला ओली र नेपालबीच नै भेट भएको छ।

दुई नेताबीच राजधानीकाे मेरियट हाेटेलमा भेट भएकाे हाे।

आजै नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईलाई समेत बालुवाटार बोलाएर कुराकानी गरेका अध्यक्ष ओलीले त्यसको केहि बेरपछि वरिष्ठ नेता नेपालसँग पनि भेट गरेका छन्।

अध्यक्ष ओलीले पूर्व प्रधानमन्त्री नेपाल, अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायत पार्टीका अन्य वरिष्ठ नेताहरुसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेकै बेला पार्टीका दुई शीर्ष नेताबीच भेट भएको हो।

अध्यक्ष ओलीले मंगलबार नै नेपालसहितका २७ नेतालाई ‘तपाईंहरुलाई संसदबाट किन नहटाउने?’ भनी स्पष्टीकरण पत्र पठाएका छन्।

नेपाल पक्षका नेताहरुलाई कारबाही गर्ने अन्तिम तयारी भइरहेको भनिएका बेला यो भेट भएको हो।

यसअघि चैत २ गते ओली र नेपाल पक्षका नेताहरुको बैठक पार्टी कार्यालयमै भएको थियो। सो बैठकमा नेपाल पक्षले माओवादीसँग एकीकरण गर्नुअघिका पार्टी समितिहरुलाई क्रियाशील बनाउनुपर्ने अडान लिएको थियो। सो प्रस्तावलाई ओलीलाई अस्वीकार गर्दै आएका छन्।

यो पनिः
एमालेका दुई पक्षबीच पार्टी कार्यालयमा यसरी हुँदैछ छलफल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .