राजनीति


प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अधिकार पनि प्रयोग गर्न खोजे : वरिष्ठ अधिवक्ता श्रेष्ठ

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अधिकार पनि प्रयोग गर्न खोजे : वरिष्ठ अधिवक्ता श्रेष्ठ

नेपालखबर
जेठ १३, २०७८ बिहिबार ९:२८,

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिदेखि सबैको अधिकार प्रयोग गरेको आरोप लगाएका छन्।

सभामुख अग्नि सापकोटाले बानेश्वरमा बोलाएको छलफलमा सहभागी हुँदै उनले भने ‘एकजना व्यक्ति (केपी ओली) जसले सबैका अधिकार प्रयाग गरे, राष्ट्रपति, आफ्नै (प्रधानमन्त्री) र न्यायपालिकाको पनि अधिकार प्रयोग गरे ओलीले पद खारेज नभई प्रधानमन्त्री दाबी गर्न मिल्दैनथ्यो। तर, उहाँले राष्ट्रपतिको अधिकार पनि प्रयोग गर्नुभयो।'

‘१४६ जना माननीयले रिट दायर गरेपछि प्रधानमन्त्री र प्रधानन्यायाधीसको भेट भएको समाचार आयो। पत्रकारलाई बोलाइयो र माफी मगाईयो र त्यहाँ न्यायपालिकाको पनि भूमिका खेल्न प्रधानमन्त्री लाग्नुभयो,’श्रेष्ठले भने।

उनले प्रतिनिधि सभा पुन:स्थापना हुने सम्भावना बलियो रहेको बताए।

संसद जीवित छ भन्ने कुरा सभामुखले दिन जरुरी भएको उनले बताए। त्यसले अदालतलाई मद्यत गर्ने उनको तर्क थियो।

नागरिक समाज, पत्रकार, राजनीतिक दलका नेतासँग, संसदीय दलका सभापतिहरुसँग छलफल गर्न उनको सुझाव थियो।

'संविधानमा भएका सबै चिज ध्वस्त बनाउन लागिर्‍यो। अर्को संविधानमा अक्षरको भावना खोजेर हिँड्यो,' उनले भने, 'सभामुखले सक्रियता बढाउन जरुरी छ।'

असामान्य अवस्था यो भन्दा बढी कहिले आउने भन्दै उनले प्रश्न गरे। उनले प्रतिनिधि सभा प्राविधिकरुपमा मात्र विघटन भएको बताए।

सर्वोच्च अदालतले संसद पुन:स्थापना गरे पनि प्रभावकारी भूमिका खेल्न नसकेपछि दोस्रो पटक विघटन भएको उनको भनाई छ। ‘धारा ७६ (५) कुटिल ढंगले प्रयोग गरियो। त्यसलाई कार्यान्वयन हुनै दिइएन,’ श्रेष्ठले भने।

'हामीलाई विश्वास छ, अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्छ। सरकार बन्ने सम्भावना भएसम्म विघटन गर्न मिल्दैन' श्रेष्ठले भने।

उनले अदालतले पनि मिस्टेक गर्ने बताउँदै त्यसबेला अदालत बाहेकका निकाय क्रियाशील हुनुपर्ने सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad