ad ad

राजनीति


दार्चुलामा मतपेटिका ओसार्न हेलिकप्टर पाइएन, बोकेर सदरमुकाम ल्याइँदै

दार्चुलामा मतपेटिका ओसार्न हेलिकप्टर पाइएन, बोकेर सदरमुकाम ल्याइँदै

खोटाङको दिक्तेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका बुझाउने तयारी गर्दै कर्मचारी। तस्बिर : केदार मगर/रासस


गोकुल जोशी
मंसिर ५, २०७९ सोमबार १३:२०, कञ्चनपुर

दार्चुलामा अझै मतगणना सुरु भएको छैन। व्याँस गाउँपालिकाका ४ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम नपुग्दा मतगणना सुरु हुन नसकेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले व्याँस गाउँपालिकाका ती ४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन खोजेको थियो। तर हेलिकप्टर नपाएपछि मतपेटिका बोकेर सुरक्षाकर्मीसहित टोली सुनसेराबाट हिँडेको छ।

दिउँसो १२ बजे हिँडेको मतपेटिका लिएर हिँडेको टिमलाई हिकिला पुग्न करिब साढे तीन घण्टा लाग्छ। हिकिलाबाट गाडीमा मतपेटिका सदरमुकाम खलंगा ओसारिने छन्।

हेलिकप्टर नपाएपछि हिँडेर मतपेटिका खलंगा ल्याउने काम भइरहेको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताए।

‘हेलिकप्टरको माग गरेका थियौं, तर पाइएन, सुनसेराबाट टोली हिकिलासम्म आउने छ, त्यहाँबाट हामी गाडीमा मतपेटिका ओसार्छौं,’ उनले भने।

अन्य सम्पूर्ण ठाउँको मतपेटिका खलंगा पुगिसकेको उनले बताए। व्याँसको मतपेटिका पुगेपछि सर्वदलीय बैठक बसेर बेलुकादेखि मतगणना सुरु गर्ने तयारी भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .