बाँके निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा नेकपा (एमाले) का दुर्गाप्रसाद चौधरी विजयी भएका छन्। चौधरीले १५ हजार छ सय ५७ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन्। उनीहरुबीच आठ सय ७७ मतान्तर रहेको छ।
बाँके प्रदेश क्षेत्र नम्बर १ प्रदेशसभा (ख)मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो। प्रतिनिधिसभा बाँके क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन्।
39
Shares
प्रतिक्रिया