चुनाव सकिएको १० दिनपछि सुरु भएको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ। बुधबार साँझ ९ बजेबाट सुरु भएको यहाँको मतगणनाको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन्।
स्याङ्जा २ का निर्वाचन अधिृकत रामचन्द्र शर्माका अनुसार यहाँ अहिलेसम्म ८ हजार ४ सय २१ मत गणना भएको छ। जसमध्ये ८ हजार १ सय २८ मत सदर भएको उनले नेपालखबरलाई जानकारी दिए। यहाँ अहिलेसम्म २ सय ९३ मत बदर भएको छ।
सुरुवाती अग्रता लिएकी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले ३ हजार २ सय ४७ मत प्राप्त गरेकी छिन्। त्यस्तै, कांग्रेस उपसभापति समेत रहेका गुरुङले ३ हजार ९ सय १ मत प्राप्त गरेका छन्।
उनीहरुबीच ६५४ मतको अन्तर छ।
चुनाव सकिएको १० दिनपछि बुधबार राति ९ बजेबाट यहाँको मतगणना सुरु भएको हो।
स्याङ्जा–२ मा मतदानमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो। स्थलगत अनुगमन र अनुसन्धानपछि निर्वाचन आयोगले मतगणना अघि बढाउने निर्णय गरेको हो।
Shares
प्रतिक्रिया