राजनीति


चिसो बढेपछि हुम्लाको सर्केगाडमा ढिलो गरि सुरु भयो मतदान

चिसो बढेपछि हुम्लाको सर्केगाडमा ढिलो गरि सुरु भयो मतदान

दिनेश बुढा
मंसिर १६, २०८१ आइतबार ९:८, सुर्खेत

हुम्लाको सर्केगाड गाउँपालिकामा ढिलो गरेर मतदान सुरु भएको छ। 

सर्केगाडको उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनको मतदान निर्धारित समयभन्दा ढिलोगरि सुरु भएको हो। हिमाली जिल्ला भएका कारण चिसो बढेसँगै मतदान प्रक्रिया ढिलो गरि सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। 

सर्केगार्ड गाउँपालिका उपनिर्वाचनका लागि १३ मतदान केन्द्रबाट आइतबार बिहान साढे ७ र ८ बजेबाट मतदान कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारी दिए।

उनका अनुसार एक दिन अगाडी नै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका थिए। जहाँ ७३ जना कर्मचारी र १७३ जना सुरक्षाकर्मी मतदान कार्यका लागि खटिएका छन्।

यस्तै, उपाध्यक्षका लागि हुन लागेको उपनिर्वाचनमा ६ हजार ८१० मतदाता रहेका छन् भने ५ जना उम्मेदवार चुनावी मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad