राजनीति


मधेश प्रदेश : जसपा नेता सरोज यादवद्वारा मुख्यमन्त्रीको दाबी पेस

मधेश प्रदेश : जसपा नेता सरोज यादवद्वारा मुख्यमन्त्रीको दाबी पेस

जयन्त ठाकुर
पुस २७, २०७९ बुधबार ११:५९, जनकपुरधाम

जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता सरोजकुमार यादवले मधेश प्रदेशको मुख्यमन्त्री बन्न प्रदेश प्रमुखसमक्ष बुधबार दाबी पेस गरेका छन्। 

जसपाको मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका यादव प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्री पदका लागि दाबी प्रस्तुत गरेका हुन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए।

यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। साथै  स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाइ समर्थन छ। 

सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरीयतामा रहेको जसपालाई नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित  कूल ६३ जना प्रदेशसभा सदस्यको समर्थन छ। 

१०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन चाहिन्छ। यता मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुनेछ। नियुक्त हुने नयाँ मुख्यमन्त्रीको शपथ ग्रहणका लागि तयारीसमेत गरिँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .