प्रविधि


बर्खास्त भएको केही दिनमै ओपनएआईमा फर्किंदै साम अल्टम्यान

बर्खास्त भएको केही दिनमै ओपनएआईमा फर्किंदै साम अल्टम्यान

नेपालखबर
मंसिर ६, २०८० बुधबार १५:२३,

बर्खास्त भएको केही दिनमै ओपन एआईका सहसंस्थापक साम अल्टम्यान सो कम्पनीमा फर्किने भएका छन्।

नयाँ बोर्ड सदस्य नियुक्त गर्ने सर्तमा उनी संस्थामा फर्किन तयार भएको ओपनएआईले जनाएको छ।

गत शुक्रबार बोर्डले उनलाई बर्खास्त गरेको थियो। त्यसपछि लगभग सबै स्टाफले उनी फिर्ता नआए राजीनामा दिने भन्दै खुला पत्र लेखेका थिए। 

त्यसपछि ओपन एआईको सबैभन्दा ठूलो लगानीकर्ता माइक्रोसफ्टले अल्टम्यानलाई भित्र्याएको थियो।

तर, बुधबार ओपनएआईले अल्टम्यान संस्थामै फर्किने सहमति भएको बताएको छ।

अल्ट्म्यानले एक्समार्फत ओपन एआईमा फर्किन तयार रहेकोे बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .