सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो फेसबुक र मेसेन्जर प्लेटफर्ममा निजी सन्देश आदानप्रदानका लागि अटोमेटिक इन्ड-टु-इन्ड इन्क्रिप्सन सुविधा सुरु गरेको जनाएको छ ।
यसको मतलब यस्तो सन्देशहरू प्रेषक र प्राप्तकर्ताले मात्र हेर्न र पढ्न सक्छन्। यद्यपि, यदि प्रयोगकर्ताले यो सन्देश रिपोर्ट गर्यो भने तेस्रो व्यक्तिले पनि देख्न सक्छ।
मेटाले यो सुविधाले प्रयोगकर्ताहरूको अनलाइन गोपनीयता र सुरक्षा बढाउने दाबी गरेको छ। तर सरकार र कानुन प्रवर्तन एजेन्सीहरूले यो इन्क्रिप्सन प्रविधिको विरोध गरेका छन्।
यस प्रविधिले बालबालिकालाई अनलाइन यौन शोषणबाट जोगाउने क्षमतामा प्रतिकूल असर पार्ने उनीहरुको भनाइ छ।
मेटाले यो इन्क्रिप्सन सुविधा पूर्ण रूपमा सुरु गर्न केही महिना लाग्ने बताएको छ।
यो नयाँ फिचर आगामी दिनमा इन्स्टाग्राम प्लेटफर्ममा पनि उपलब्ध गराउने योजना छ ।
Shares
प्रतिक्रिया