समाज


अफगानिस्तानमा ६९ तालिबान लडाकु मारिए, क्वाला ए नाउ सहर कब्जामुक्त

अफगानिस्तानमा ६९ तालिबान लडाकु मारिए, क्वाला ए नाउ सहर कब्जामुक्त

(फाइल तस्बिर)


नेपालखबर
असार २४, २०७८ बिहिबार १७:२४,

अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ।

सुरक्षाकर्मीहरुले तालिबान लडाकुहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन्। मारिएका सवै तालिबान लडाकू नै भएको दाबी गरिएको छ।

सुरक्षा कारबाहीका क्रममा अरु २३ जना घाइते समेत भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

सुरक्षा कारबाहीपछि सरकारी सुरक्षाकर्मीहरुले क्वाला ए नाव सहर आफ्नो नियन्त्रणमा लिइएको दाबीसमेत गरेका छन्।

यसअघि सो सहर तालिबान लडाकूहरुले नियन्त्रणमा लिएको घोषणा गरेका थिए।

“क्वाला ए नाव सहरलाई सुरक्षाकर्मीहरुले बुधबार आफ्नो नियन्त्रणमा लिएका छन्, त्यसअघि सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुविरुद्ध सुरक्षा कारबाही चलाएका थिए,” रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ।

पश्चिमी बद्घीस प्रान्त अन्तर्गत पर्ने त्यस ठाउँमा लामोसमयदेखि तालिवान लडाकूहरुको प्रभाव रहदै आएको मानिन्छ।

अफगानिस्तानमा लामो समयदेखि आन्तरिक द्धन्द्ध चलिरहेको छ भने द्धन्द्ध अन्त्यका लागि भन्दै वार्ताको प्रयासहरु पनि भइरहेका छन्। 

हालै अमेरिकी सेनाहरुले अफगानिस्तान छाडेपछि त्यहाँ तालिबानले विभिन्न क्षेत्रहरु कब्जामा लिन थालेका छन्।

विदेशी सेनाले अफगानिस्तान छाड्ना साथ शान्ति बहाली हुने अनुमान गरिएता पनि त्यहाँ यतिबेला तालिबानले हिंसा मच्चाइरहेका छन्। जसलाई रोक्न सरकारी सेनाले प्रयास गरिरहेका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad