ad ad

समाज


चौँथो अन्तर्राष्ट्रिय ‘हिमाल’ सम्मेलन शुक्रबारबाट

चौँथो अन्तर्राष्ट्रिय ‘हिमाल’ सम्मेलन शुक्रबारबाट

नेपालखबर
असोज २९, २०७६ बुधबार १२:५९,

परिवर्तित विश्वमा हिमालहरु विषयमा चौँथो अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारबाट काठमाडौ‌ंमा शुरु हुँदै छ। काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सले लगातार चौथो वर्ष यो सम्मेलनको आयोजना गर्न लागेको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता तथा विद्यार्थीहरुबीच हिमाली क्षेत्रमा विभिन्न पक्षहरुको बारेमा निरन्तर रुपमा प्राज्ञिक बहसका लागि मञ्च उपलब्ध गराउन सम्मेलनको आयोजन गर्ने गरेको सम्मेलनमा संयोजक प्रकाश के पौडेलले बताए। ‘यो सम्मेलनमा हिमालहरुको विभिन्न पक्षमा अनुसन्धानबाट पत्ता लागेका विषयलाई प्रस्तुत गर्ने महत्वपूर्ण स्थल हो,’ पौडेलले भने।

सम्मेलनमा हिमाली जलवायु, हिममण्डल, विपत्ति र जनजीवन विषयमा केन्द्रीत कार्यपत्र प्रस्तुत गर्ने गरिएको छ। कार्यक्रममा छ वटा टेक्निलक सेसनमा विज्ञहरुले जलवायु परिवर्तन, हिममण्डल, जोखिम र जनजीवनको विषयमा अनुसन्धान प्रस्तुत गर्ने छन्। त्यसैगरी पानीका दिगो व्यवस्थापनको विषयमा नागरिक वैज्ञानिकहरुको धारणा पनि सम्मेलनमा प्रस्ततु गरिने आयोजनाहरुले जनाएका छन्।

कार्यक्रममा मुख्यवक्ताको रुपमा द नेदरल्यान्ड्सका युट्रेक्ट विश्वविद्यालयका वाल्टर डब्लु इमेर्जील र एकीकृत पर्वतीय विकास अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)का अरुणकुमार श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .