ad ad

समाज


हल्ला गरेको भन्दै जाजरकोटमा वडाध्यक्षले बाँधेर निर्घात कुटे एक युवालाई

हल्ला गरेको भन्दै जाजरकोटमा वडाध्यक्षले बाँधेर निर्घात कुटे एक युवालाई

नेपालखबर
साउन २०, २०७८ बुधबार १६:१, काठमाडौँ

होहल्ला गरेको भन्दै जाजरकोटमा वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेका छन्। 

जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले सोही ठाउँका सर्ते नेपाली भन्ने नवीन परियारलाई कुटपिट गरेका हुन्। 

उनले कुटपिट गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

जाजरकोटका पूर्वसभासद राजीवविक्रम शाहले पनि उक्त भिडिओ सेयर गर्दै कुटपिटको विरोध गरेका छन्। 

शाहले ट्विटरमा लेखेका छन्, ‘वडा अध्यक्ष जनताले आशा र भरोसाले जिताएर यो ठाउँमा पुगाएको जनताले यही यस्तै यातना भोग्न हो? गल्ती नै गरेछ भने पनि यो तरिका हो सजाय दिन? मान्छे हो कि पशु? तुरुन्तै सम्बन्धित निकायले यसको छानबिन गरी न्याय दिनुपर्यो र यस्ता जनप्रतिनिधिलाई तुरुन्तै कारबाहीमा ल्याउनुपर्छ।’

सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले कुटपिट गरेको भिडिओमा देख्न सकिन्छ।

कुटपिटपछि उनले प्रहरीको रोहबरमा आमाको जिम्मा लगाएको कागजात समेत गराएका छन्। 

वडाध्यक्ष नेपालीले भने ती युवाले जाँडरक्सी खाएर वडा कार्यालयमा आएर ढुंगा प्रहार गरी केही मान्छेलाई घाइते बनाएको र अपशब्द बोलेकाले आफूले ढुंगा खोसेर फालेको दाबी गरे। 

घटनाको चौतर्फी विरोध भएपछि उनले विज्ञप्ति जारी गर्दै कुटपिट नगरेको र ढुंगामुढा गर्छ कि भनेर समातेको मात्रै दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .