ad ad

समाज


धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको मृत्यु

शैलेन्द्र महतो
असोज १३, २०७८ बुधबार १८:४५, काठमाडौँ

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको ज्यान गएको छ। 

ज ९ प १९८२ नम्बरको मोटरसाइकलमा सवार भइ औरही गाउँपालिकाबाट जनकपुर आउँदै गर्दा अनियन्त्रित भएर भोइल भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटनामा तीनैजना सवार युवकको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

मृतक मध्ये लाइसेन्स भएका जनकपुरधाम उपमहानगरपालिका ११ का २१ वर्षीय कुनाल कुमार साहको सनाखत भएको छ। दुईजनाको परिचय खुलेको छैन। घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी बस्नेतले बताए।

तीनजना सवार भएर तीब्र गतिमा मोटरसाइकल कुदाउँदा अनियन्त्रित भएर  दुर्घटना भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .