ad ad

समाज


बुटवलको मोतीपुर क्षेत्रमा कर्फ्यू आदेश जारी

बुटवलको मोतीपुर क्षेत्रमा कर्फ्यू आदेश जारी

सुदीप भण्डारी
असोज २४, २०७८ आइतबार १६:३२, काठमाडौँ

बुटवलको मोतीपुरमा कर्फ्यू आदेश जारी भएको छ। 

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न आएका स्थानीय र प्रहरीबीच झडपले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मको लागि कर्फ्यू आदेश जारी गरेको हो।

झडपका क्रममा प्रहरीले गोली समेत प्रहार गरेको थियो। झडपको क्रममा कम्तिमा दुई जना घाइते भएका छन्।

औद्योगिक क्षेत्रमा सुकुम्बासीले बनाएका अस्थायी टहराहरू प्रहरीले भत्काउने क्रममा झडप भएको हो।

प्रहरी माथि नै ढुंगामुढा हुन थालेपछि अश्रुग्यास र हवाइ फायर गर्नुपरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

पूर्वमा बुटवल १७ सिवनगरदेखी वडा नम्बर १८ सौंरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनर रानीगञ्ज बस्ती र दक्षिणको वडा नम्बर १८ को मोतीपुर औद्योगिक करिडोरको जमिन अन्तर्गत धन्दापुर सौंरहिया भित्रको क्षेत्रमा कर्फ्यू आदेश जारी भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .