समाज


प्रअमाथि भएको दुर्व्यवहारमा संलग्नता छैन : जनमत पार्टी

प्रअमाथि भएको दुर्व्यवहारमा संलग्नता छैन : जनमत पार्टी

शैलेन्द्र महतो
कात्तिक १२, २०७८ शुक्रबार १८:९, काठमाडौँ

सिके राउत नेतृत्वको जनमत पार्टीले धनुषामा एक प्रधानाध्यापकलाई कालोमोसो दल्दै चप्पलले हानेर भएको दुर्व्यवहार घटनामा आफ्नो संलग्नता नभएको स्पष्ट पारेको छ। 

धनुषाको सवैला नगरपालिका–१२ रघुनाथपुर स्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक बैजु साहलाई शुक्रबार कालोमोसोसहित चप्पलले हानेर दुर्व्यवहार भएको थियो।

स्थानीयले जनमत पार्टी समर्थक विद्यार्थीले प्रअ माथि चप्पल प्रहार तथा कालोमोसो दलेर दुर्व्यवहार गरको बताएका छन्। तर, जनमतले विज्ञप्ति निकालेर घटनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेको हो।

जनमतको जिल्ला समिति धनुषाले एक विज्ञप्ति जारी गर्दै अनलाइनहरुमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई कालोमोसो दले

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .