समाज


वन्यजन्तुको आखेटोपहार बिक्री गर्न खोज्ने व्यक्ति बल्खुबाट पक्राउ

वन्यजन्तुको आखेटोपहार बिक्री गर्न खोज्ने व्यक्ति बल्खुबाट पक्राउ

नेपालखबर
कात्तिक २८, २०७८ आइतबार १४:४६, काठमाडौँ

काठमाडौंको बल्खुबाट संरक्षित वन्यजन्तुको आखेटोपहारसहित एक व्यक्ति पक्राउ परेका छन्।  

केन्द्रीय अनुसन्धान ब्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले ललितपुरको महांकाल गाउँपालिका–५ चन्दनपुरका २८ वर्षीय दिपेश तिमल्सिना पक्राउ परेका हुन्।

उनको साथबाट संरक्षित वन्यजन्तुको जस्तो देखिने छाला (आखेटोपहार) थान–१ र छालाका टुक्रा थान– ४ बरामद भएको छ। 

विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले आखेटोपहारसहित पक्राउ गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .