समाज


सिरहामा टिपरको ठक्करबाट एकै परिवारका तीनजनाको मृत्यु

सिरहामा टिपरको ठक्करबाट एकै परिवारका तीनजनाको मृत्यु

शैलेन्द्र महतो
पुस २, २०७८ शुक्रबार १८:१३, काठमाडौँ

सिरहामा टिपरको ठक्करबाट एकै परिवारका तीनजनाको मृत्यु भएको छ। 

लहान नगरपालिका वडा नं. ३ स्थित लहान–ठाडी सडकखण्डमा सिरहाको लोकहा ठाडिबाट घरतर्फ जाँदै गरेको  प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले ठक्कर दिएको हो।

दुर्घटनामा सप्तरीको बलान विहुल गाउँपालिका वडा नं. २ दिघियाका ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक तपन दाहालका अनुसार दुर्घटनामा एक बालक घाइते भएका छन्।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .