ad ad

समाज


कोरोना संक्रमण घट्यो, ६ हजार ४६२ जना संक्रमित

कोरोना संक्रमण घट्यो, ६ हजार ४६२ जना संक्रमित

नेपालखबर
माघ ९, २०७८ आइतबार १६:३०, काठमाडौँ

गएको २४ घण्टामा नेपालमा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

१७ हजार ४३७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफ्रिङका क्रममा १३ हजार ३७७ पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ जना र ४ हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

केही दिन यताको तुलनामा आज संक्रमण ह्वात्तै घटेको छ। हिजो नेपालमा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हिजाे २० हजार १८७ जनाकाे परीक्षण गरिएकाे थियाे।

साथै, १६ जना संक्रमितको मृत्यु भएको थियो।

यस्तै, आज संक्रमणका कारण ४ जनाको ज्यान गएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका मात्र थिए।

आज २१५ आईसीयूमा उपचाररत रहेकोमा ४७ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .