कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमै एक पुरुषले ज्यान गुमाएका छन्।
कैलारी गाउँपालिका-४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ५३ वर्षीय लक्ष्मण डगौराले ज्यान गुमाएका हुन्।
कैलारी वडा नम्बर ४ का अध्यक्ष भिखराम चौधरीकाले कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टापछि डगौराको मृत्यु भएको जाकारी दिएका छन्।
‘डगौरा खोप लगाएर घरतर्फ पैदलै जाने क्रममा बाटोमै मृत्यु भयो,’ उनले सञ्चारकर्मीलाई भने, 'अहिले उनको शव आधारभूत स्वास्थ्य केन्द्रमा राखिएको छ।'
डगौराको मृत्युपछि स्थानीय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल गरेर शव व्यवस्थापनबारे कुरा भएको चौधरीले बताएका छन्।
माघ ९, २०७८, आइतबार
प्रतिक्रिया