महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयम् सेवकका लागि कानून संकायका विद्यार्थी परिचालन गर्ने भएको छ।
युवा स्वयंसेवकको परिचालन गरी ट्राफिक व्यवस्थापनमा सुधार गर्ने र नागरिकसम्म ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गर्ने उद्देश्य सहित विद्यार्थीलाई परिचालन गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले आगामी आइतबारदेखि एक सातासम्म चल्ने दोस्रो चरणको अभियानमा काठमाडौं स्कुल अफ ल, चक्रवर्ति अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका विद्यार्थीहरु ट्राफिक स्वयम्सेवकको रुपमा परिचालन हुने बताए। अभियानमा ३ सय ५५ जना युवा ट्राफिक स्वयम्सेवकहरु परिचालित हुने छन्। ट्राफिक प्रहरीले परिचालन हुने विद्यार्थीहरुलाई शुक्रबार एक दिने प्रशिक्षण समेत दिएको छ।
ट्राफिक प्रहरीले गत असोज ५ गते पहिलो चरण अन्तर्गत पाँच सय जना युवा ट्राफिक स्वयम्सेवकहरु परिचालन गरी ट्राफिक व्यवस्थापन सम्बन्धी एक साता लामो अभियान सञ्चालन गरेको थियो।
Shares

प्रतिक्रिया