ad ad

समाज


दुई वर्षपछि भौतिक उपस्थितिमा एसईई (तस्बिरहरू)

दुई वर्षपछि भौतिक उपस्थितिमा एसईई (तस्बिरहरू)

सबै तस्बिर: ललितपुरस्थित सरस्वती माध्यमिक विद्यालयमा सञ्चालित एसईई


विक्रम राई
बैशाख ९, २०७९ शुक्रबार ८:३९, काठमाडौँ

कोरोना महामारीका कारण २ वर्षदेखि आन्तरिक मूल्यांकनबाटै सम्पन्न गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष भने भौतिक उपस्थितिमै सुरु गरिएको छ।  

आज बिहान ८ बजे देशभरका परीक्षा केन्द्रमा एकसाथ एसईई सुरु गरिएको हो। परीक्षा बिहान ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 

कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिरहेको परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो। 

यस वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी रहेको परीक्षा बोर्डले जनाएको छ। नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ जना। 

प्राविधिक तर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी छन्। 

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा सञ्चालनका लागि २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ। बोर्डले नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको हो। 

सरकारले यस वर्षदेखि एसइई परीक्षा सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिएको छ। बोर्डको समन्वयमा प्रदेशले परीक्षा सञ्चालन गरिएको हो। 

बोर्डका अनुसार परीक्षा सञ्चालनको जिम्मा प्रदेशले पाए पनि प्रश्नपत्र र नतिजा प्रकाशन भने बोर्डबाटै हुनेछ। प्रदेशले उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, उत्तरपुस्तिका संपरीक्षण गर्नेछ।

बोर्डले यस वर्षदेखि १४ वर्ष उमेर पुगेकाले मात्र एसईई परीक्षा दिन पाउने व्यवस्था पनि हटाएको छ। अब जतिसुकै उमेरकाले परीक्षा दिन पाउने छन्। यसअघि १४ वर्ष उमेर पुगेकाले मात्रै परीक्षा दिन पाउने व्यवस्था थियो।

एसइई परीक्षाको नतिजा आगामी साउनअघि नै प्रकाशन गर्ने बोर्डको योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .