समाज


पदभार ग्रहणपछि सुनिताले भनिन् : टिमवर्कले मात्रै हामीलाई सफल बनाउँछ

पदभार ग्रहणपछि सुनिताले भनिन् : टिमवर्कले मात्रै हामीलाई सफल बनाउँछ

पदभार ग्रहण गर्दै काठमाडौंकी उपमेयर सुनिता डंगोल। तस्बिर : विजय सिंह/नेपालखबर


विजय सिंह
जेठ १६, २०७९ सोमबार १३:४५, काठमाडौँ

काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले पदभार ग्रहण गरेकी छिन्। 

बागदरबारस्थित महानगरपालिका कार्यालय पुगेर उनले पदभार ग्रहण गरिन्।

उपप्रमुखको पदभार ग्रहण गरेपछि उनले सबै मिलेर काठमाडौंको निर्माणमा जुट्न आग्रह गरिन्। 

महानगरमा स्वतन्त्रसहित विभिन्न दलका उम्मेदवार पनि विजयी भएको बताउँदै उनले अब महानगरको सफलतामा सबै जुट्नुपर्ने बताइन्। 

‘जो जहाँबाट निर्वाचित भएर आए पनि अब हामी सबैको ध्येय टिम वर्कमा हुनुपर्छ', उनले भनिन्, 'अब कुनै एक व्यक्तिको सफलता भन्दा संस्थालाई सफल बनाउन लाग्नुपर्छ। महानगर सफल भए हामी सबैको जित हुन्छ।’

उनले यसअघि काठमाडौं महानगरपालिकाको उपप्रमुखको शपथ नेपाल भाषामा लिएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .