ad ad

समाज


दार्चुलामा एकल महिलालाई घरनजिकै जलाइयो, हत्या आशंका, २ जना पक्राउ

दार्चुलामा एकल महिलालाई घरनजिकै जलाइयो, हत्या आशंका, २ जना पक्राउ

महिला जलाइएको स्थान। जहाँ उनको एउटा हातमात्रै भेटिएको छ। तस्बिर : नेपाल प्रहरी


गोकुल जोशी
जेठ २५, २०७९ बुधबार १३:४८, कन्चनपुर

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा एक जना महिलाको शव जलाइएको अवस्थामा भेटिएको छ। 

घरनजिकै जलेको अवस्थामा बुधवार बिहान ४५ वर्षीया अनिभा खडायतको शव भेटिएको प्रहरीले जनाएको छ । 

घटनाको प्रकृति हेर्दा हत्यापछि शव जलाइएको हुनसक्ने प्रहरीले आशंका  गरेको छ। 

घटनाको अनुसन्धानका लागि दुईजना स्थानीयलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले बताए ।

‘सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएका छौँ। अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ।’

दार्चुला प्रहरीका प्रमुख डीएसपी प्रतिक विष्ट आफैँ घटनास्थलतर्फ गएका छन्। 

यस्तै, प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली खटिएको छ।

खडायत आफ्नै घर पछाडिको खरको कुनिउँमा जलाइएको अवस्थामा भेटिइएकी हुन्। 

शरीर पूरै जलेर खरानी भएको घटनास्थल हेरे फर्किएका शैल्यशिखर नगरपालिका–१ का अध्यक्ष भरतबहादुर खडायतले बताए। 

‘शरीर पुरै खरानी भएको छ, एउटा हात मात्रै देखिएको छ,’ उनले नेपालखबरसँग भने, ‘हत्यापछि जलाइएको जस्तो देखिन्छ।’

मृत भेटिएकी महिला एकल हुन। उनका पतिको केही वर्षअगाडि मृत्यु भएको थियो। उनको घरमा १३ वर्षीया छोरी र ७ वर्षीय छोरा मात्रै छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .