ad ad

समाज


९ घण्टा बिजुलीको तारमा चढेका माइलालाई सेनाले समात्यो

९ घण्टा बिजुलीको तारमा चढेका माइलालाई सेनाले समात्यो

नेपालखबर
जेठ २८, २०७९ शनिबार १९:२२, काठमाडौँ

ककनीबाट दिनभरि हाइटेन्सन लाइनमा चढेका प्रेम बिक (माइला) लाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।  

शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका बिकलाई साँझ ७ बजेपछि नेपाली सनोको टोलीले सकुसल उद्धार गरेर जमिनमा उतारेको स्थानीय जयबहादुर तामाङले नेपाल खबरलाई बताए । 
तामाङमा अनुसार हेलिकोप्टरमा गएका तीनजना सैनिकले उनलाई फकाएर तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए ।  

नेपाली सेनाको उद्धारसँगै एक सन्की व्यक्तिले मच्चाएको बितण्डा समाप्त भएको छ ।

दिनभरि तनाव
शनिबार बिहान १० बजे ककनी गाउँपालिका वडा नं ७ स्थित प्रसारण लाइनको पोलमा चढेका प्रेम बिक ‘माइला’ लाई दिनभर उद्धारको प्रयास गरिएको थियो।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरुले दिनभर गरेको उद्धारको प्रयास सफल हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसालले समेत सेनाको मद्दत मागेका थिए ।

माइला बिहान १० बजे नै ककनी नगरपालिका  वडा नं ७ स्थित बिजुली पोलमा चढेका थिए। उनी तारमा चढ्दा ६० मेगावाटको आयोजना नै दिनभर बन्द भयो।

बिहान १० बजेदेखि नै त्रिशुली थ्री ए जलविदुत आयोजना बन्द हुँदा काठमाडौंको विद्युत व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत प्राधिकरणले जनाएको थियो।

प्राधिकरणले कसरी थाहा पायो ?
नेपाल विद्युत प्राधिकरणका अनुसार  त्रिशुली थ्री ए आयोजना  काठमाडौं ल्याइएको प्रसारण लाइन हो, जसमा प्रेम बिक चढे। विद्युत २२० केभी लाइनको पोलबाटउनी तारमा चढेका हुन्।  उक्त लाइनमा डबल सर्किट छ। एउटामा चार्ज थियो तर अर्कोमा थिएन।

उनी चढेकाबेला त्यहाँ विद्युत थिएन। तर, उनी यता–उता हिँडेको जानकारी प्राधिकरणले पाएपछि  सबै तारमा विद्युत प्रवाह बन्द गरिएको थियो। जसका कारण नेपाल विद्युत प्राधिकरणले लाखौं घाटा व्यहोर्नु परेको छ भने काठमाडौंबासीमा विद्युत अवरोध भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्।

किन चढे ती व्यक्ति हाइटेन्सन लाइनमा?

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार ती व्यक्तिलाई ती व्यक्ति मानसिक असन्तुलन देखिएको छ। त्यसैले फकाएर, लोभ्याएर तल झार्न खोज्दा पनि उनी दिनभर झर्न मानेन्। दिनभरि भोकै तिर्खै उनले तारमै उताउता हिँडेर बिताइरहे।

अर्का एक स्थानीयका अनुसार उनी पहिला पनि यस्तै गलत कार्यहरुमा संलग्न हुँदै आइरहेका व्यक्ति हुन्। पोलमा चढ्ने, सोलारका पाताहरु निकालेर बेच्ने इत्यादि गरेको भेटिएको थियो। उनले स्थानीयको घरमा पसेर सामान निकाल्ने जस्ता कार्यहरु गर्ने गरेको स्थानीयको भनाइ छ।

उनको घर नुवाकोटकै बेलकोटगढी नगरपालिकामा रहेको स्थानीयको भनाइ छ।

  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .