ad ad

समाज


तिब्बतमा कोभिड फैलिएपछि उत्तरी नाका बन्द, परराष्ट्र मन्त्री भन्छन् : चाँडै खुलाउँछौँ

तिब्बतमा कोभिड फैलिएपछि उत्तरी नाका बन्द, परराष्ट्र मन्त्री भन्छन् : चाँडै खुलाउँछौँ

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०७९ बिहिबार २०:८, काठमाडौँ

तिब्बतमा कोभिड महामारी फैलिएपछि चीनले बिहीबारदेखि नेपालको उत्तरी क्षेत्रका प्रमुख नाका रसुवागढी-केरुङ र तातोपानी तत्काललाई बन्द गरेको छ।

तिब्बतको राजधानी ल्हासासहितका स्थानमा कोभिड संक्रमण देखिएपछि पोतला दरबारसमेत बन्द गरेको चीनले नेपालसँग जोडिएका नाका पनि बिहीबारदेखि सिल गरेको थियो।

यस्तोमा तीन दिने चीन भ्रमण सकेर बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गरेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले चाँडै खुलाउने बताए। 

'तातोपानी र केरुङ नाका चीनले कोभिडको कारणले बन्द गरेको हुनुपर्छ। ती नाका चाँडै खोल्ने सहमति भएको छ, चीनले सबै नाका पूर्ण क्षमता चलाउने पनि भनेको छ।'

उनले तिब्बतमा देखिएको महामारी नियन्त्रणमा आउनसाथ तातोपानी, रसुवागढी-केरुङ र हुम्लाको हिल्सा नाका पूर्ण सञ्चालनमा ल्याउने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .