समाज


नेपाली सिक्न आएका अमेरिकी बलात्कार आरोपमा पक्राउ

नेपाली सिक्न आएका अमेरिकी बलात्कार आरोपमा पक्राउ

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १०:२९,

नेपाली भाषा अध्ययनका लागि भन्दै नेपालमा बसिरहेका एक अमेरिकी नागरिक जबर्जस्ती करणी र बाल यौनदुराचार आरोपमा पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अमेरिकाको इलेनोय राज्यका ज्यासन लोयड मोडीलाई आइतबार सिनामंगलस्थित एउटा होटलबाट नियन्त्रणमा लिएको हो।

ब्युरोका अनुसार ज्यासनका साथबाट विश्वभाषा क्याम्पसले जारी गरेको विद्यार्थी परिचयपत्र बरामद भएको छ। उनी सन् २०१९ अगस्ट १० मा भाषा अध्ययनका लागि भन्दै नेपाल प्रवेश गरेका थिए।

ब्युरो एसपी वेलबहादुर पाण्डेले ज्यासनले आर्थिक प्रलोभन र खानेकुरा दिएर नेपाली बालबालिकालाई यौनशोषण गरेको बताए। उनका अनुसार ब्युरोको टोलीले ज्यासनलाई एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नम्बर १०४ बाट तीन बालिकासहित आपत्तिजनक अवस्थामा फेला पारेको थियो।

प्रहरीका अनुसार एक जना नौ र अन्य दुई जना १० वर्ष उमेरका ती बालिकालाई ज्यासनले यौन दुराचार गर्दै आएका थिए।

ब्युरोले नियन्त्रणमा लिएर स्वास्थ्य जाँचका लागि अस्पताल लगे पनि ज्यासनले आफ्नो जाँच गर्न दिएका छैनन्।

ब्युरोले उनी बसेको होटल कोठाबाट ५६७४७२५३५, ५०६०७३०८४ र ५४५६५८५०० नम्बरका तीन थान राहदानीसहितका सामग्री बरामद गरेको छ।

‘ज्यासन बाल यौन दुराचारमा संलग्न रहेको सूचनाका आधारमा उनी बसेको होटलमा छापा मारेका हौं,’ एसपी पाण्डेले नेपालखबरसँग भने, ‘जबर्जस्ती करणी मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको छ।’

ब्युरोले ज्यासनबाट पीडित थुप्रै हुनसक्ने भन्दै ब्युरोमा सूचना दिन आग्रह समेत गरेको छ।

ज्यासन सन २०१४ देखि नेपाल आउजाउ गरिरहेका थिए। उनी पर्यटकका रूपमा पहिलाे पटक सन २०१४ जून मा आएका थिए। त्यसपछि सन २०१६ मा नेपाल आएका उनी पाँच महिना बसेर फर्किएका थिए। सन २०१७ काे सुरूवातमा आएका उनी त्यसबेला तीन महिना बसेर फर्किएकाे ब्युराेले जनाएकाे छ।

ब्युराेले उनी आएकाे पुरानाे रेकर्डका आधारमा थप अनुसन्धान गरिरहेकाे छ। उनकाे नेपाल भ्रमणकाे मुख्य उद्देश्य नै याैनदुराचार हुनसक्ने ब्युराेकाे आशंका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad