शंखमूलस्थित बर्गर हाउस अगाडिको बेसमेन्ट हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन गरेको छ।
महानगरका प्रमुख बालेन्द्र शाह ट्राफिक प्रहरीसहित बर्गर हाउस पुगेर बेसमेन्ट खालि गराउनका निर्देशन दिएका हुन्।
ट्राफिक प्रहरी प्रमुख मिरा चौधरी सहित बालेन्द्र शाह त्यहाँ पुगेका हुन्।

बर्गर हाउसका संचालकलाई भेटेर मेयर बालेन्द्र शाहले बेसमेन्ट अगाडि गरिएको पार्किङ हटाउन निर्देशन दिएका हुन्।
बर्गर हाउसका संचालकले दुई दिनको समय मागेपछि उनले सटर बन्द गराएर फर्किएका छन्। पर्सिसम्ममा आफ्नो संरचना हटाउने व्यवसायीले बताएका छन्।
723
Shares

प्रतिक्रिया